काठमाडौ । संविधानले नचिनेको भाषा प्रयोग गरी अर्थात पूर्वराजालाई “श्री ५ महाराजधिराज” सम्बोधन गर्दै विज्ञप्ति जारी गर्ने गरेको आरोपमा सोधपुछका लागि पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यश बिषयलाई लिएर राप्रपा सांसद ज्ञानेन्द्र शाही भन्छन् -” राजा त राजा नै हुन्छ।
“इतिहासले दिएको उपाधि हो जनताको हृदयबाट उक्लिएको सम्मान हो,यो सम्मान न कुनै कानुनले रोक्न सक्छ, न कुनै पदले थाम्न सक्छ । राजा सधैं राजा नै हुन्छ, अनि राजालाई राजा नै भनिन्छ प्रधानमन्त्रीज्यू ! विदेशीका दलालहरूलाई दलाल नै भनिन्छ,आफ्नो जनताको लागि वैभव र शक्ति त्याग्नेलाई राष्ट्रप्रेमी र श्री ५ नै भनिन्छ ।
जिउँदै मान्छे ज’लाउनेलाई माफ दिई घोटाला र काण्ड गर्नेलाई भ्रष्टाचारी र अ’पराधी नै भनिन्छ । यदि संविधानमा नलेखिएको कुरा लेख्न र बोल्न पाइँदैन भन्ने हो भने तपाईंको नाम पनि संविधानमा छैन, अब तपाईंको नाम उच्चारण गर्न नपाइने हो त, प्रधानमन्त्रीज्यू?
आज पनि,विदेशी राष्ट्रप्रमुखहरूले राजालाई “His Majesty The King” भन्छन् यदि हिम्मत र दम छ भने, सोधपुछका लागि बोलाउनुस् ओलि सरकार बिदेशी राष्ट्रप्रमुखहरुलाई ।
अनि हामी, यो माटोका सन्तान, गर्वले भन्छौं —”श्री ५ महाराज”।
