• Tuesday 27th of October 2026

मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न गगनको सुझाव


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० असार । नेपाली कांगेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

नेपाली कांग्रेसको बुद्धिजिवी विभागले आज (सोमबार) आयोजना गरेको विपद् व्यवस्थापन : चूनौति, अवसर र भावी कार्यदिशा विषयक अन्तरक्रियामा बोल्दै थापाले मन्त्री गुप्ताको राजीनामा मागेका हुन् ।

थापाले भने,‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो । यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो, तर टिप्पणी गर्नुपर्ने अवस्था आयो ।

प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्छु । तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖