• Tuesday 27th of October 2026

मन्त्रिपरिषद्को बैठक जारी, घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ता पनि सहभागी


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० असार । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

बैठकमा घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि सहभागी छन् । मन्त्री गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गर्ने चर्चाको बाबजुद उनी बैठकमा सहभागी भएका हुन् ।

केही दिनअघि मन्त्री गुप्ताले जिल्ला मालपोत कार्यलयका प्रमुखको सरुवा रोक्न र भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति गर्नका लागि पैसा बार्गेनिङ गरेको अडिओ बाहिरिएको थियो ।

मन्त्री गुप्तालाई राजीनामा गराउनका लागि सत्तारुढ दल नेपाली कांग्रेसले पनि दवाब सुरु गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖