• Tuesday 27th of October 2026

मन्त्रिपरिषद् बैठकमा घुस डिल गर्ने मन्त्री गुप्ताबारे कुरै उठेन


  • धनकुटा खबर
  • .

काठमाडौं । घुस संवाद सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताबारे छलफल नै नगरी मन्त्रिपरिषद् बैठक सकिएको छ ।

‘मन्त्रिपरिषद् बैठक बस्यो तर उहाँबारे कसैले कुरा उठाउनुभएन, एजेन्डा नभएपछि छलफल हुने कुरा भएन’, एक मन्त्रीले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तासँग आजै बिहान बालुवाटार बोलाएर छलफल गरेका थिए ।

उच्च स्रोतका अनुसार उनलाई राजीनामा गराउने तयारी पनि भएको थियो ।

तर, साँझ बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ता सहभागी भए पनि उनीमाथि छलफल नभएको ती मन्त्रीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖