• Tuesday 27th of October 2026

मन्त्रिपरिषद्लगत्तै देउवा र उपेन्द्रसँग प्रधानमन्त्रीको छलफल


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

यस्तै, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव छलफलमा सहभागी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖