• Tuesday 27th of October 2026

घुस प्रकरणमा मुछिएका गुप्ताको सांसद पद नै खारेज गर्नुपर्छः पूर्णबहादुर घर्ती


  • धनकुटा खबर
  • .

काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले घुस अडियो प्रकरणमा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएरमात्रै नपुग्ने बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले गुप्ताको सांसद पद नै खारेज गरिनुपर्ने बताएका हुन् ।

‘भर्खरै मन्त्रीबाट राजीनामा दिएको सुन्नमा आएको छ । उहाँ दोषी हुनु्हुन्छ भने मन्त्रीबाट राजीनामा होइन, सांसद पद नै खारेज गर्नुपर्छ । जनताले सांसद र मन्त्रीलाई घुस खानको लागि नियुक्त गरेका होइनन्,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖