• Tuesday 27th of October 2026

हस्ताक्षर अभियानदेखि उपनिर्वाचनको विषयमा जानकारी गराउन रास्वपाको ‘प्रेस मिट’


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बिहीबार पत्रकार भेटघाट (प्रेस मिट) कार्यक्रमको आयोजना गरेको छ ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार भोलि दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको हो ।

समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, हस्ताक्षर अभियान, रुपन्देही–३ उपनिर्वाचनमा उम्मेदवार चयन कार्यविधि लगायत विषयमा छलफलका लागि पत्रकार भेटघाट कार्यक्रम राखिएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖