काठमाडौ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अहिलेसम्म रवि लामिछाने जेल बाहिर रहेको भए राप्रपा र रास्वपाबिच एकता भइसक्ने दाबी गरेका छन् ।
रवि जेलमा हुँदा पार्टी नेतृत्व गरिरहेका स्वर्णिम वाग्ले रास्वपाको नभएर कांग्रेसकै कार्यकर्ता भएको आरोप समेत लगाएका छन् । उनले एक अन्तर्वार्तामा भनेका छन्-
त्यहाँ स्वर्णिम वाग्ले छन् नि, बिचरा कांग्रेसका कार्यकर्ता अलिक गाह्रो छ । मलाई त लाग्दैन उहाँ रास्वपा हो । उहाँ त कांग्रेसकै कार्यकर्ता हो । अब त्यो मनतनले भन्ने कुरा हो त्यो । म अहिले पनि अभियन्ता हो त, पार्टिको मान्छे भएपनि ।
अब त्यो मनतन भन्ने, अब त्यो यसो कांग्रेस त्यहीँ भएर अल्लि गाह्रो छ । त्यहाँ रवि लामिछाने भइदिएको भए अहिले हामी ऐक्यबद्धता भएर गइसक्थ्यौ होला अहिले सम्म । त्यहाँ स्वर्णिम वाग्लेले हेर्या छन्, जिवी राईलाई डिपी अर्यालले हेर्या छन् बिचरा उहाँलाई पनि गाह्रो छ ।
२१९ वटा श्रममन्त्री हुँदा ब्ल्याक लिस्टमा परेका मेनपावर कम्पनीलाई उन्मुक्ति दिनु भएको छ । त्यसको पनि खोजी गर्दैछन् कांग्रेसले भन्या सुनेको छु मैले । भिजिट भिसामा उनीहरुले पनि मान्छे पठाएका हुन् भन्ने कुरा आएको छ ।
