धादिङ । पृथ्वी राजमार्गस्थित कृष्णभीरबाट ग्याँस बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ ।
एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बोकेको भारतीय गाडीको पछाडिको भाग त्रिशूली नदीमा खसेको हो ।
घटनाबारे थप विवरण आउन बाँकी छ । घटनास्थलमा प्रहरी पुगिसकेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनु भयो ।