• Saturday 17th of October 2026

बाजुरामा जिप दुर्घटना हुदा ४ जना घाइते, २ को अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

काठमाडौं । बाजुराको मार्तडीमा आज दिउँसो जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए।

शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख रामदत्त भट्टका आफन्त सवार सु प प्र ०१-००१ च ४३१६ नम्बरको गाडी दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएकी कञ्चनपुरको भीमदत्त नगरपालिका १ घर भएकी ३१ वर्षीया गायत्री भट्ट र राधिका भट्टको अवस्था गम्भीर रहेको डीएसपी गिरीले जानकारी दिए। राधिका शिक्षा समन्वय एकाइ प्रमुख भट्टकी श्रीमती हुन्।

यस्तै चालक मोहनदेव भट्ट र कार्यालयका भान्से रमेश धामी पनि घाइते छन्। धामी बाजुराकै गौमूलका हुन्।

भर्खरै बाजुरा सरुवा भएर गएका शिक्षा एकाइका प्रमुख भट्टका आफन्त मन्दिरको दर्शन गरेर फर्किँदै गरको गाडी दुर्घटनामा परेको हो। घाइतेहरूलाई उपचारको लागि बाजुरा जिल्ला अस्पताल लगिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖