• Tuesday 27th of October 2026

रास्वपा सभापति रबि लामिछानेले कारागारबाट पठाए यस्तो सन्देश…


  • धनकुटा खबर
  • .

काठमाडौ । रास्नपा सभापति रवि लामिछानेलाई कारागारमा भेटेर आएपछि रास्वपा नेतृ ज्वाला संग्रोला लेख्छिन् –

रबिदाईलाई कारागारमा भेटेर फर्किएकी छु।उच्च मनोबलका साथ भैरहवाको जेलभित्र बस्नु भएका रबिदाईले भन्नू भएको छ, ” मेरो चिन्ता नलिनु, पार्टीलाई बलियो बनाउनु, असल इमानदार र क्षमता भएका साथीहरुलाई पार्टीमा जोड्दै जानू, अनि हस्ताक्षर अभियानलाई हरेक नेपालीको घर घरमा पुर्याइदिनु। म माथी अन्याय भएको छ भनेर सारा नेपालीहरुले बुझिसक्नु भएको छ।

म अहिले मुलुक परिवर्तन को कठोर तपस्यामा छु।यो परिवर्तनको लहर अब कसैले रोकेर रोकिनेवाला छैन। घण्टी त सिंहदरबार छिर्यो छिर्यो! अस्तीको संघीय निर्वाचनमा अलि सानो स्वरले बजेको घण्टीको आवाज अब८४ को निर्वाचनमा भ्रस्टाचारीको कानको जाली फुट्ने गरि बज्नेवाला छ। मलाई बिदेशबाट नि सोध्नु हुन्छ होला हाम्रा साथीहरुले! सबैलाई रबि लामिछानेले सम्झेको छ, याद गरेको छ र ८४ मा नेपाल फर्केर घण्टी बजाइदिन आग्रह गरेको छ भनेर शन्देश सुनाइदिनु।

यी भ्रस्टाचारीहरुको दानापानी बन्द गरेरै छोड्ने हो। यिनिहरुले गरेका अपराधकर्मको हिसाब गरेरै छोड्ने हो।देश बनाउने अवसर हाम्रो हातमा आइसक्यो। सबैले यो समयको भरपुर सदुपयोग गर्नु! “

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖