• Tuesday 27th of October 2026

एमालेका मन्त्रीहरूको सेट नै परिवर्तन गर्ने प्रधानमन्त्री ओलीको चाहना, नयाँ अनुहार ल्याउने


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्नै लाग्दा पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीहरु हटाउने र उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याउनेगरि गृहकार्य थालेका छन् । स्पेनबाट फर्किएपछि नै प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको भन्दै केही मन्त्रीहरु हटाउनेगरि छलफल थालेका हुन् ।

यो विषयमा प्रधानमन्त्री ओलीले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेतृत्वसँग पनि छलफल गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले भने अहिले आफ्नो दलबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता नबोलाउने अडान लिएको बताईन्छ ।

यस्तोमा प्रधानमन्त्री ओलीले आफ्नो दलका सबै मन्त्रीहरु फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याउनेगरि पनि गृहकार्य गरेको बताईन्छ । तर, कतिपय मन्त्रीहरुले राम्रो काम गरेको भन्दै हटाउन नहुने मत पनि एमालेमा बलियो छ ।

सरकारमा सहभागी जनता समाजवादी पार्टीले पनि आफ्ना दुई मन्त्री फिर्ता बोलाउने र उनीहरुको ठाउँमा अरुलाई पठाउनेगरि गृहकार्य गरेको छ । उता, महन्थ ठाकुरले पनि आफ्नो दलबाट सरकारमा सहभागी शरदसिंह भण्डारीलाई फिर्ता बोलाएर उनको ठाउँमा सर्वेन्द्रनाथ शुक्लालाई पठाउने तयारी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖