• Tuesday 27th of October 2026

न्याय नपाए गोरखा जानु, भ्रष्टाचार गर्न नपाए ओलीको क्याविनेटमा आउनु’:सांसद ज्ञानेन्द्र शाही


  • धनकुटा खबर
  • .

काठमाडौं, ३१ असार । राप्रपाका सांसद ज्ञानबहादुर शाहीले ‘न्याय नपाए गोरखा जानु, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याविनेटमा आउनु’ भन्दै सरकारको आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शाहीले घुस प्रकरणको अडियो नै बाहिर आउँदासमेत राजकुमार गुप्तामाथि कारबाही नभएको भन्दै सरकार र अख्तियारको भूमिकामाथि प्रश्न उठाए ।

गुप्ताले मन्त्री पदबाट राजीनामा दिँदैमा यो केसमा समस्या समाधान नहुने भन्दै शाहीले गुप्तामाथि कारबाहीको माग गरे । उनले भने,‘मन्त्रीले राजीनामा दिँदैमा समस्या समाधान हुन्छ ?

मन्त्रीलाई तत्काल पक्राउ गरियोस र छानबिन गरियोस ।’ उनले नेपाल सगरमाथा र भगवान गौतम बुद्धको देश भनेर चिनिएकोमा अब भ्रष्टाचारीहरुको पनि देश हो भनेर नाम लेखाउन सरकारलाई भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖