• Tuesday 27th of October 2026

खुमलटारमा प्रचण्ड र शेखर कोइरालाबिच भेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

बिहीबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म दुई घण्टा भेट भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

थपलियाका अनुसार समसामयिक राजनीतिबारे छलफल भएको छ । पछिल्लो समय सत्ता गठबन्धनबिच विवाद चर्किरहेको बेला प्रचण्ड र कोइरालाबिच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

‘प्रचण्डसँग खुमलटारमा भेट भएको हो । समसामयिक राजनीतिबारे छलफल भएको हो’, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖