महान्यायाधिवक्ता कार्यालयले पूर्वमन्त्री अफताव आलमविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्दै जन्मकैदको सजाय माग गरेको छ।
महान्यायाधिवक्ता रमेश वडालको नेतृत्वमा दायर गरिएको उक्त पुनरावेदनपत्रमा अफताव आलमसँगै उनका भाइ मोहम्मद महताब आलम, शेख सेराज (शेष सराज), बाराको सिम्रौनगढ नगरपालिका–४ का बद्री सहनी र मुक्ति साहविरुद्ध पनि सजायको माग गरिएको छ।
