• Tuesday 27th of October 2026

सशस्त्रका डीआईजी मनिष थापालाई दर्ज्यानी चिन्ह प्रदान


  • धनकुटा खबर
  • .

काठमाडौँ । सशस्त्र प्रहरी बलका नवनियुक्त डीआईजी मनिष थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । मंगलबार आईजीपी राजु अर्यालले हलचोक स्थित सशस्त्रको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

बढुवा समितिले असार ३२ मा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट उनलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनलाई बढुवाको निर्णय गरेका हुन् ।

सशस्त्र प्रहरीको प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक र नायव उपरीक्षक पदमा विशेष बढुवा भएका अधिकृतहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖