• Monday 26th of October 2026

माधवको व्यंग्यः ..साथ दिऊँ भने विद्याजीलाई नोक्सान होला


  • धनकुटा खबर
  • .

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सताएको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो टिप्पणी गरेका हुन्।

‘विद्या भण्डारीजीलाई सदस्य कसले बनायो? तपाईँको सदस्यता कायम छ भनेर कसले वचन दियो?,’ अध्यक्ष नेपालले भने, ‘भोलि तपाईँ भए अध्यक्ष पनि बन्नसक्नु हुन्छको भनेर कसले भन्यो?’

प्रमाण चाहिए आफूले दिने पनि उनले बताए। ‘प्रमाण मेरो मोबाइलमा छ। अहिले म सुनाइदिऊँ तपाईँहरूलाई?’, अध्यक्ष नेपालले भने।

ओलीले पनि पहिले ‘विद्याजी तपाईँ अगाडि बढ्नुस्, एमालेको अध्यक्ष हुनुहुन्छ भनेको’ र अहिले उल्टो सुनिएको उनले बताए। उनले अगाडि भने, ‘अहिले खुट्टै भाँचिदिने होकि आँखा निकालिदिने हो, अहिले बिचरा।’

‘विद्या भण्डारीलाई सताउन पाइन्छ अहिले ?’ भन्दै नेपालले व्यंग्य कसे। ‘धेरै साथ दिए पनि अहिले नोक्सान विद्याजीलाई होला। मलाई धेरै बोल्न नलगाउनुस्,’ उनले भने। -नागरिकबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖