• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आज नेपाललाई नामिबियासँग बदला लिने अवसर


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालले आज नामिबियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साढे ९ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा उत्कृष्ट कम्ब्याक गर्दै टोलीले बलियो नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जीत हासिल गर्‍यो । आज नामिबियासँग बदला लिने नेपालसँग अवसर हुनेछ ।

त्रिकोणात्मक शृङ्खलामा तीनै टोलीले २–२ खेल खेलेका छन् । हालसम्म सबै टोलीले समान एक खेलमा जीत र एक खेलमा हार बेहोरेका छन् । नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ । त्यसपछि क्रमशः नामिबिया र नेदरल्यान्ड्स छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖