• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा धोनी र कोहली भिड्ने


  • धनकुटा खबर
  • .

सन् २०२४ मा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका सार्वजनिक भएको छ।

आगामी मार्च २२ बाट सुरु हुने आईपीएलको पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच भिडन्त हुनेछ।

चेन्नई र बैङ्गालोरबीचको खेल चेन्नईमा नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले पाँचपटक आईपीएलको उपाधि जितिसकेको छ भने विराट कोहलीको कप्तानीम रहेको बैङ्गालोरले हालसम्म एक पटक पनि उपाधि उचाल्न सकेको छैन।

आईपीएलले पहिलो चरणमा १८ दिनको खेल तालिका मात्रै सार्वजनिक गरेको छ। भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई ध्यानमा राखेर आईपीएलले अप्रिल ७ सम्म हुने खेलको तालिका मात्रै सार्वजनिक गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖