• Monday 19th of October 2026

एकीकृत समाजवादीले अझै एउटा मन्त्री पाउने


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टीको तर्फबाट संघीय सरकारमा अझै एउटा मन्त्री पठाउने बताएका छन् ।

आज आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन दलमा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने सहमति भएको खुलासा गरेका हुन् ।

साथै, प्रदेशहरुमा पनि अब सरकार परिवर्तन हुने र त्यहाँ पनि एकीकृत समाजवादीले भाग पाउने उनको भनाइ छ । उनले विभिन्न प्रकारका राजनीतिक नियुक्तिमा समेत एकीकृत समाजवादीले कोटा पाउने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖