• Monday 19th of October 2026

राज्य सत्ताको आडमा नेसपाको अपहरण : बाबुराम


  • धनकुटा खबर
  • .

काठमाडौं चैत ४ । पार्टीको एउटा समूह नेकपा (माओवादी केन्द्र) मा जानेभएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कडा आक्रोश व्यक्त गरेका छन् ।

भट्टराईले प्रचण्डमाथि राज्य सत्ताको आडमा आफ्नो पार्टीलाई अपहरण गर्ने दुष्प्रयास गरेको आरोप लगाएका हुन् ।‘अग्रगामी वैकल्पिक शक्तिको रूपमा उदीयमान नेसपालाई राज्यसत्ताको आडमा दिनदहाडै अपहरण गर्ने दुस्प्रयासलाई परास्त गरौं’ उनले फेसबुकमा लेखेका छन् ।

आफू सत्य र न्यायको पक्षमा रहेको उनको जिकिर छ । महिन्द्र यादव, गंगानारायण श्रेष्ठसहितको टोली माओवादीमा जाने भएपछि उनीहरुलाई आत्मसमर्पण गर्ने थालेको आरोप लगाएका छन् ।

भट्टराईले भनेका छन् ‘सय जना वैज्ञानिकले आइन्सटाइनको सापेक्षताको सिद्धान्त गलत छ भनेर वक्तव्य दिएका थिए तर पनि अन्ततः एक्ला आइन्सटाइन सत्य सावित भए१ त्यसैले कुरा एक्लोदुक्लो हुने डर हैन सत्यको हत्या गर्नेहरू विरूद्ध उभिने कि आत्मसमर्पण गर्ने भन्ने हो !’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖