• Monday 19th of October 2026

सुन तस्करीमा जोडिएका पूर्व सभामुख महरा सहित सबैलाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौं,४ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जोडिएका सबैलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

आइतबार गृहमन्त्रालयमा नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी श्यामलाल ज्ञवाली र गृहसचिव एकनारायण अर्याललाई बोलाएर सुन प्रकरणमा छानबिन आयोगले डामेका सबैलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

विभिन्न समयमा नेपाल भित्रिएको १३८ किलो सुनको अवैध तस्करीबारे छानबिन गर्न पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा सरकारले छानबिन आयोग बनाएको थियो । बिहीबार सरकारलाई प्रतिवेदन बुझाएको आयोगले पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहितलाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖