• Monday 19th of October 2026

बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिनुभयो : महिन्द्र राय


  • धनकुटा खबर
  • .

काठमाडौं, ४ फागुन । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले धोका दिएको आरोप लगाएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले डा. भट्टराईलाई धोका दिएको नभएर उनले चाहीँ नेपाली जनता र नेसपालाई धोका दिएको आरोप लगाएका हुन् ।

‘बाबुरामले नेपाली जनता र नेपाल समाजवादी पार्टीको सर्वसम्मत निर्णयलाई धोका दिनुभयो,’– यादवले भने ।

साथै, नेसपामा किचलोको सुरुवात डा. भट्टराईले नै गरेको उनको दाबी छ । उनले पार्टी एकताको प्रक्रिया डा. भट्टराईले नै गरेको बताए ।

गत आम निर्वाचनमा हार्ने डरले बाबुराम भट्टराईले चुनाव नलडेर छोरीलाई उम्मेदवार बनाएको उनको टिप्पणी छ । त्यतिबेला अध्यक्ष भट्टराईले ‘म चुनाव लड्दिन, पार्टी एकता गरेर माओवादीको आर्थिक विभागमा काम गर्छु’ भनी आफूहरुलाई भनेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖