• Monday 19th of October 2026

बजेट निर्माण गरिरहेका निकायलाई अर्थको मार्ग निर्देशनः ‘सवारी साधन खरिदको प्रस्ताव नगर्नु’


  • धनकुटा खबर
  • .

काठमाडौं, ४ चैत । अर्थ मन्त्रालयले बजेट निर्माण गरिरहेका निकायहरुका लागि २३ बुँदे मार्ग निर्देशन जारी गरेको छ । अर्थले सोही २३ बुँदे मार्ग निर्देशनको आधारमा आगामी वर्षको बजेटको खर्च, सीमा ख्याल गरी बजेट तयार पार्न भनेको हो ।

साथै, मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटको तयारी पनि थालिसकेको छ । सबै निकायले आ–आफ्नो बजे.ट तथा कार्यक्रम तय गरेर अर्थ मन्त्रालयमा पठाउने र मन्त्रालयले आवश्यक संशोधनसहित अन्तिम रुप दिने गरिन्छ ।

बजेट निर्माण गरेर पठाउँदा सकेसम्म रकमान्तर र कार्यक्रम संशोधन गर्न नपर्ने गरी पठाउनसमेत मन्त्रालयले भनेको छ । साथै, अर्थले सवारी साधन खरिदको प्रस्ताव नगर्नसमेत भनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖