• Monday 19th of October 2026

महरालाई पक्राउ गरेकोमा सरकारलाई गगनको धन्यवाद


  • धनकुटा खबर
  • .

काठमाडौं,५ चैत । सुन तस्करी प्रकरणमा माओवादी केनद्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेपछि नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई धन्यवाद दिएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारलाई धन्यवाद दिएका हुन् ।

‘केही समयअगाडि प्रतिपक्षी ठाउँबाट नेकपा (एमाले) ले सदनमा एउटा विषय जोडदार ढंगले उठायो। सुन प्रकरणमा शक्तिशाली मानिसहरू संलग्न भएका छन्, त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सही टुंगोमा पुग्न सक्दैन। शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षीको आशंका सही सावित भयो,आयोगले प्रतिवेदन बुझाएको छ। भर्खर हामीले समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ। सरकारलाई धन्यवाद छ,’ उनले भने, ‘यसमा सरकारलाई हाम्रो पूर्ण साथ छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖