• Monday 19th of October 2026

राष्ट्रियसभाका दुई समितिका सभापतिले लिए शपथ


  • धनकुटा खबर
  • .

काठमाडाैं। राष्ट्रियसभा अन्तर्गत दुइवटा बिषयगत समितिका सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन्।

राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सपथ खुवाएका हुन्।

दुई समितिको सभापतिमा एकमात्रै उम्मेद्वारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए। त्यसअघि सोमबार नै बसेको दुईवटा समिति बैठकले उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖