• Monday 19th of October 2026

मन्त्री बन्दै मनाङे


  • धनकुटा खबर
  • .

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनाउने भएका छन् । अल्पमत सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री पाण्डेले गुरुङलाई मन्त्री बनाउने तयारी गरेका हुन् ।

प्रदेशमा माओवादी केन्द्रको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले गुरुङलाई आफ्नो क्याबिनेटमा लैजाने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार मनाङेलाई सामाजिक मन्त्रालय दिने तयारी छ । उनलाई आजै शपथ गराउने तयारी छ ।

आइतबार मात्र मनाङेले आफूलाई स्वतन्त्र सांसद कायम राखिदिन प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । यसअघि उनी नेकपा एकीकृत समाजवादीमा थिए ।

माओवादी केन्द्रबाट दुई मन्त्री बर्खास्त गरेपछि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र भौतिक विकास तथा पूर्वाधार मन्त्रालय मुख्यमन्त्रीले आफूसँग राखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖