• Saturday 17th of October 2026

एकाबिहानै कुरिनटारबाट ट्याक्सी त्रिशूली नदीमा खस्यो, एक जनाको शव फेला, ४ जना बेपत्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ ।

आज बिहान बा२ज ४१ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको हाे । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार ट्याक्सीमा पाँच जना सवार थिए ।

ट्याक्सीमा सवार अन्य ४ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ । मृतक पुरुष हुन् । उनको परिचय खुल्न सकेको छैन ।

बेपत्ताको खोजीको लागि गोताखोर टोली परिचालन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖