• Saturday 17th of October 2026

हावाहुरीले रुख ढलेर किच्दा एक जनाको मृत्यु, एक घाइते


  • धनकुटा खबर
  • .

बुटवल । हावाहुरीले रुख ढलेर किच्दा पाल्पाको तानसेनमा एक जनाको मृत्यु भएको छ ।

तानसेन नगरपालिका वडा नम्बर–८ जरेपिपलमा रुखले किच्दा स्कुटर चढेर बुटवलतर्फ आउँदै गरेका पाल्पाको कैलाशनगरका २० वर्षीया भुवन सिंजालीको मृत्यु भएको हो ।

उनी तानसेन नगरपालिका वडा नम्बर ५ कैलाशनगरका बासिन्दा हुन् ।

लुम्बिनी मेडिकल कलेज प्रभासमा पुर्याउदा सिंजालीको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पानीसहित आएको हावाहुरीले रुख ढलेका कारण अहिले पाल्पा–बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्कुटरमा सवार अर्का एकजना सामान्य घाइते छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖