• Saturday 17th of October 2026

झुम्का कारागारमा कैद भुक्तान गरिरहेका न्यायाधीश राईको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत १८ । सुनसरीको झुम्का कारागारमा रहेका एक जना कैदी बन्दीको मृत्यु भएको छ ।

पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिकाका ४२ वर्षीय न्यायाधीश राईको शनिबार मृत्यु भएको हो । राईको कारागारभित्रै मृत्यु भएको हो ।

न्यायाधीशको शरीरभरि निलडाम र चोट देखिएकाले भन्दै कारागारभित्रै कुटेर हत्या गरेको मृतक राईका आफन्तले आरोप लगाएका छन् । झुम्का कारागार प्रशासनले भने स्वास्थ्यमा समस्या रहेका राईको उपचारका क्रममा जिल्ला अस्पताल सुनसरीमा राईको मृत्यु भएको दाबी गरेको छ ।

पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडान लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖