• Saturday 17th of October 2026

सुनको मूल्यमा एकपछि अर्को रेकर्ड,एक तोलामै यत्ति पुग्यो सुनको भाउ


  • धनकुटा खबर
  • .

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहँदा नेपाली बजारमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ ।

बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो ।

यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो भने सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनायो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖