• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सन्दीपको अर्को पेसी जेठ १ गतेलाई तोकियो


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ । आजको पेसीमा न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित गरिएको थियो ।

आइतबार पेसी तोकिएपनि लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो । सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो ।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो । तर, मुद्दाको सुनवाइ हुनेमा सन्दीपका कानून व्यवसायी ढुक्क थिएनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖