• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

म दोषि नै हुँ भने फाँसी दिइयोस्, ८ वर्ष कैदले पुग्दै पुग्दैन : सन्दीप लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफू दोषी देखिए फासीमा चढाउन चुनौती दिएका छन् ।

मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेले यस्तो चुनौती दिएका हुन् ।

उनले गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको तथ्य र प्रमाणले अझै साबित गर्न भने ८ बर्षको सजायले नपुग्ने बताए ।

उनले लेखेका छन्, ‘धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाचि रहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसला मा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें । कानूनी व्ययवसायी ले भन्नु हुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्य ले न प्रमाण ले न अनुसन्धान को कुनै सारभूत निचोड ले पुस्टि गर्छ । तर मैले कति सहनु ? म न्याय माग्दा माग्दा सिथिल भई सके ।’

यस्तै उनले सामाजिक अभियान्ताहरूलाई खुल्ला चुनौती दिएका छन् । ‘उहाँहरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन । तपाईं हरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाले बुझेको छ । म कानुन ले होइन अनुमान र एकतर्फी भनाइ ले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसार को लागि गम्धिर दुर्घटना हुनेछ लेखी राख्नु भगवान ले हेरिरहेका छन् व्यक्ति भन्दा माथि ।’, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖