• Tuesday 27th of October 2026

हत्यापछि फरार नेपाली सेनाका अमल्दार तुलसीपुरबाटै पक्राउ


  • धनकुटा खबर
  • .

दाङ । दाङमा श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् ।आज शुक्रबार बिहान ८ बजे जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित घरको कोठामै श्रीमतीको हत्या गरी सेनाका अमल्दार ३६ वर्षीय शालिकराम बुढाथोकी फरार भएका थिए।

फरार बुढाथोकीलाई तुलसीपुर बाहिनी चोकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार बुढाथोकीले श्रीमती टिका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।

शान्तिसेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

शालिकरामले श्रीमतीका साथमा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका थिए। थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने शालिकराम इप्रका तुलसीपुरको नियन्त्रणमा छन् ।पक्राउ परेका बुढाथोकीले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖