• Saturday 17th of October 2026

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मंगलबार राति काठमाडौं महानगरपालिका-१४ खसिबजारस्थित सडकमा बा.प्र.०२-०२९ प १२७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।

दक्षिणकाली नगरपालिका-१ खहरे बस्ने ५० वर्षीय प्रमेशकुमार खड्गीको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖