• Saturday 17th of October 2026

टुँडिखेलमा मृत फेला परेका पुरुषको पहिचान खुल्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको टुँडिखेलस्थित गोल पोस्ट नजिकै मृत अवस्थामा फेला परेका एक पुरुषको पहिचान खुलेको छ ।

काठमाडौं महानगरपालिका-२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नागरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “निजको बायाँ हातको साइडमा सानो चक्कु र बायाँ हातको मुनि रगतको ताल रहेको र प्रहरी वृत्त जनसेवा तथा प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीबाट घटनाका बारेमा आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।”

शव जाँचको प्रकृति मुचुल्का गरी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖