• Saturday 17th of October 2026

स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी। कैलालीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका–१० चुहा स्थित भित्रि सडक खण्डमा मप.०३–००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले बिपरित दिशाबाट आउदै गरेको से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक जोशिपुर गाउँपालिका–७ बस्ने ३० वर्षीय एकतन चौधरी गम्भिर घाईते भएका थिए।
बिज्ञापन

एकतनलाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन नै मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी कबिन्द्रसिँ बोहराले बताए। मोटरसाइकल पछाडी सवार लम्कीचुहा नगरपालिका–६ पिपरकोटी बस्ने २४ वर्षीय विक्रम चौधरीको बर्दगोरिया अस्पताल बौनियामा उपचार भईरहेको डीएसपी बोहराले जानकारी दिए।

बस र बस चालक घोडाघोडी नगरपालिका–२ बस्ने ४० वर्षीय भागिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖