• Saturday 17th of October 2026

७ करोड पर्ने महँगो लक्जरी गाडी नेपालमा ल्याएको एक सातामै बिक्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । ७ करोड पर्ने देशकै सबैभन्दा महँगो दाबी गरिएको लक्जरी गाडी BMW X7 xDrive 40i नेपालमा ल्याइएको एक हप्ताभित्र बिक्री भएको छ ।

नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सको एक मात्र आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले यसबारे जानकारी दिएको हो ।

कम्पनीका अनुसार, यो मोडल कार्तिक २९ मा नेपाल आयात गरिएको थियो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबुती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी भएको कम्पनीको भनाइ छ ।

यस बिक्रीले नेपाली उपभोक्ताबिच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको कम्पनीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖