• Saturday 17th of October 2026

बस, कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु, १३ घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । भैरहवा तौलीहवा सडक खण्डको लवनी नजिक बस, कार र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा १३ जना घाइते भएका छन् । भैरहवाबाट तौलिहवा जाँदै गरेको लु २ ख २३१ नम्बरको बस, बा १४ च ७४४८ नम्बरको कार र लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

कार चालकको घटना स्थलमा मृत्यु भएको हो । मृतक कार चालकको सनाखत भएको छैन । कारमा सवार बाँकी २ जना गम्भीर घाइते भएका छन् ।

बसमा सवार ४ जनाको स्थानीय अलशेख हस्पिटलमा उपचार भइरहेको छ। ६ जना घाइतेको भैरहवामा उपचार भइरहेको छ ।मोटरसाइकलमा सवार २ जनाको भैरहवामा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖